logo

केही नयाँ

  • एभिसी सेन्ट्रल जोन भलिबल प्रीतयोगिताको फाइनल खेल शनिबार

    Nayamarga 24 August, 2019 50


    काठमाडौं– एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रीतयोगिताको फाइनल खेल शनिबार हुदैछ ।

    नेपालमा पहिलो पटक भएको प्रतियोगिताको उपाधि भिडन्तमा दक्षिण एसियाली क्षेत्र बाहिरका दुई राष्ट्र भिड्नेछन् । फाईनल खेलमा उज्वेकिस्तान र किर्गिस्तानले दिउँसो २ बजे ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा खेल्ने छन् ।

    माल्दिभ्सलाई हराउँदै उज्वेकिस्तान फाईनलमा पुगेको हो भने किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

    शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै पाँचौ भएको थियो । अर्को खेलमा तुर्कमेनिस्तानले ...

  • नेपाली सेनाले उचाइ र तौलमा अनुपात मिलाउने

    Nayamarga 24 August, 2019 50


    काठमाडौं– नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ ।

    बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । 

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा ...

  • नेपाली जहाजलाई इयूको कालोसूची हटाउन पहल

    Nayamarga 24 August, 2019 50


    काठमाडौँ– युरोपका आकाशमा नेपाली जहाजलाई उडान प्रतिबन्ध गरिएको विषयमा नेपाली पक्षले कुरा उठाएको छ ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औँ सम्मेलनका अवसरमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले राखेको कालोसूचीबाट हटाउनेबारे दुईपक्षीय छलफल गरेको हो ।

    प्राधिकरणका महानिर्देशक राजन पोखरेलले इयूको कालोसूचि हटाउने सन्दर्भमा इयूका पदाधिकारीबीच दुईपक्षीय कुराकानी भएको र त्यहाँ नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढङ्गले राखेको राससलाई ...

मनोरञ्जन

footer
Top