Naya marga

बास्तोलाको गैरन्यायिक गिरप्तारी बिरुद्द बिरोध सभा कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस्

कालिकोट: नेकपा कालिकोट ले केन्द्रीय सचिवालय सदस्य क ध्रबेन्द्र बास्तोलाको गैरन्यायिक गिरप्तारी बिरुद्द अाज जनप्रदशन सहित बिरोध सभा कार्यक्रम सम्पन्न गरेकोछ । जिल्लाको राष्कोट माल्कोट भर्ता खिन र बदालकोटमा कार्यक्रम सम्पन्न गरेकोछ ।

यसै क्रममा पलाता गाउपालिकाको कार्यक्रमलाई जिल्ला सेक्रेटरी एबं कर्णाली ब्युरो सदस्य क रणदिपले सम्बोधन गर्नु भएको छ । उक्त कार्यक्रममा बोल्दै अहिले सम्म अाफ्नो पार्टी ले लडेको राजनिती लडाई नै केपी सरकार र दलाल संसदिय ब्यबस्था ढाल्न काफी भएको धारणा राख्दै बाकी अबशेस सिध्याउन फौजिलडाई जरुरी नभएको र राजनिती लडाईले नै ब्यबस्था परिबर्तन गरेरै छाड्ने दाबी गर्नु भयो । राजनिती लडाई बाट अात्तिएर दमनमा उत्रिएको दलाल सरकार ले अाफ्ना नेताकार्यकर्ता

गिरप्तार धरपकट र दमन गर्नु अतास मनस्थिती को उपज भएको ले बिना सर्त रिहा गर्न माग गर्नु भयो । उक्त कार्यक्रम यरिया ईन्चार्ज क दिलमान को सभापतित्व रहिको थियो भने सयौ नेता कार्यकर्ता ले सरकार बिरुद्दका नारा लेखिएको प्लेकार्ड सहित सभामा परिणत भएको जनकारी सचिव बिनोद बिष्ट ले जानकारी दिनु भयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments