काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेकपा एमालेले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्ष उम्मेदवारका रुपमा सालिन, निष्ठावान र वैचारिक रुपमा खारिएका नेता लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।

नयाबजारको मल्टीभेन्यु पार्टीप्यालेसमा नेकपा एमालेका केन्द्रीय नेता , प्रदेश नेता , स्थानीय नेता र स्थानीय बासिन्दा लगाएत् कार्यकर्ताहरुको बाग्लो उपस्थितिमा  नेकपा एमालेले लक्ष्मीरत्न तुलाधरलाई १६ को वडाध्यक्ष पदका उम्मेदवार घोषणा गरेको हो ।

धेरै जसो नेताहरुले काठमाडौँ महानगरपालिकाको १६ वडा देशकै ठुलो वडा रहेको र यो वडा नेकपा एमालेको बलियो पकड रहेकाले नेकपा एमालेका उम्मेदवारको जीत निश्चित रहेको बताए ।

घोषणा सभामा बोल्दै १६ नम्बर वडाका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले आफूले कहील्यै पनि पार्टीको शीर झुक्ने काम नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले भने, जनहितका सबै काममा अग्रसर हुन्छु । हाम्रो पार्टीको नीतिसँग, कार्यक्रमसँग र सिद्धान्तसँग जोेडेर जनताको घरमा हामी पुग्नुपर्छ । म पार्टीको शीर झुक्न दिन्न । पार्टीको कार्यक्रमलाई शीरमा राखेर, साथिहरुको भावनासँग जोडिएर काममा लाग्छु । उनले सबै कमरेडहरुले सर्वसम्मतीले उम्मेदवार चुन्नु भएकोमा आफू भावुक भएको बताए ।