fbpx

बागचौर नगरपालिका वडा नं.६ मा वडा कार्यालय शिलान्यास गरिएको छ ।
संघीयता आएपछि स्थानीय सरकार पनि बन्ने भएपछि अहिले सम्म वडा कार्यालय बनीसकेको थिएन ।
वडा कार्यालय नहुदा सार्बजनिक कामहरु प्रभावित हुनुकासाथै घर भाडामा राज्यको पैसा समेत खर्च भैरहेको थियो । करीब २५ लाखमा बन्नलागेको ३ कोठे भवन र शौचालय पुरानै वडा कार्यालय नजिकै रहेको छ । हिजो एक कार्यक्रमका बीच वडा अध्यक्ष भुपेन्द्र राज ओलीले कार्यालय शिलान्यास गरेकाहुन । उक्त कार्यक्रममा राजनैतिक दलहरु तथा स्थानिय हरुको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पहिलेको समस्यामा अब सहज हुने आशा गरेकाछन । साथै अब समयमै काम सम्पन्न गर्नुपर्ने चुनौती समेत रहेको औल्याएकाछन ।