fbpx

पुस:२नी
बाँके: नेपालगन्ज उ.प.म नगरपालिका वडा नम्बर १८ स्थित ६ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रको पश्चितिर रहेको दर्शन दोहोरी साझमा हिजो राती खुकुरी प्रहार भएको छ |

नेपालगन्ज वडा नम्बर ४ निवासी बर्ष २३ का एक युवामाथी हिजो राती गज्जु चन्दको समुहले खुकुरी प्रहार गर्दा परिवर्तन नाम गरेका युवाको बायाँ पट्टीको घालामा खुकुरी लाग्दा १७ वटा टाका लागेको मेडिकल रिपोर्टले देखाउछ |

हिजो राती परिवर्तन नाम गरेका युवा आफ्नो भिनाजु , दाई संगसाथीहरु संग राती ९ बजेतिर दर्शन दोहोरी साझमा खानपिनका लागि गएका थिए , पीडितको भनाइ अनुसा आफुहरु १५ जना परिवारिक रमाइलोकालागी दोहोरीमा छिरेको र १० बजे दोहोरी बन्द हुने क्रममा खानपिनको सम्पूर्ण बिल माग्दा उक्त बिलमा १४ हजारको बिल आएको र आफुहरुले मागेको बिल प्यान नम्बरमा काटेको हुँदा राज्यको नियाम बिपरित रहेको र प्यान बिलमा ५ हजार भन्दा बडीको काट्न मिल्दैन हामीलाई भ्याट बिल उपलब्ध गराइ पाउ भन्दा आफुलाई दर्शन दोहोरी साझको बाउनसर बताउने गज्जु चन्दले घर फर्किने क्रममा खुकुरी प्रहार गरेको बताएका छन |

उक्त दोहोरी साझको प्यान बिल हेर्दा १ डिब्बा सुर्य चुरोटको १ हजार रुपैयाँ असुली गरेको देखिन्छ भने बहिर पसलमा खरिद गर्दा १७०० सय पर्ने खुकुरी रमको बोतललाई ३८०० सय रुपैया असुल गरेको पाइन्छ |

दर्शन दोहोरी साझलाई आफुहरुले यति धेरै महँगो किन भनेर सोधपुछ गर्दा खुरुखुरु बिल तिर्ने हैनभने यहि बाधेर राखीइन्छ भन्दै धम्की समेत दिएको बताएका छ्न |

आफुहरु बिल तिरर घर फर्किने क्रममा एकाएक गज्जु भन्ने ब्यक्ति लगायत नम्बर नखुलेको डस्टर कारमा रहेका गज्जुलाई दाइको नामले बलाउने अन्य ब्याक्तीहरु पनि घटनामा संगलग्न रहेको बताएका छन |

पीडितका अनुसार भेट बिल मागेपछी नाम नखुलेका दोहोरी साझका सञ्चालकले बाउनसरलाई बोलाएका थिए | आफुहरु मोटरसाइकल स्टार गरि घर फर्किदै गर्दा सम्म गज्जुले पीडितहरुलाई उक्त कारको प्रयोग गरि हातहतियार सहित कारकादो चोक सम्म लखेटेका हुन|

आफुलाई दोहोरी साझको मालिक बताउने ब्यक्तिले दोहोरी साझ भ्याटमा दर्ता नगरेको र भ्याटमा दर्ता गर्दा सरकारलाई चर्को कर तिर्नु पर्छ सञ्चालकले बताए | उनको भनाई र व्यबहार अनुसार ग्राहक ठग्ने देखी दिनमा लाखौंको आम्दानी गर्ने दोहोरी साझले राज्यले उठाउने करमा समेत छलकपट गरेको बुझिन्छ |

पीडितले प्रहरीलाई उजुरी दिन्छौं भन्दा कसैले पनि आफुहरुलाई हल्लाउन सक्दैन हाम्रो प्रहरीसंग पनि सेटिङ छ तिमीहरूलाई जे जे गर्न मन्छ गर भन्दै धम्काएको बताएकाछन | हामिले प्रहरीसंग जानकारी लिदा आफ्नो कुनै पनि सम्बन्ध नरहेको प्रहरी स्रोतले बताएको छ भने गज्जु चन्द पटकपटक विभिन्न मुद्दामा प्रहरी हिरासतमा जाने आउने गरेको र उनका लागि जिल्ला प्रहरी कार्यालयलाई चन्दले मामाको घर जस्तो सम्झीने गरेको स्रोतले बताएको छ |