fbpx

भी. आई. लेनिनका अनुसार कम्युनिस्ट बन्नको लागि कम्युनिस्ट नारा र कम्युनिस्ट साहित्यका निष्कर्षहरुलाई मात्र रटेर कण्ठस्थ पार्नु पर्याप्त हुँदैन । यदि कसैले त्यसो गर्दछ भने, ऊ अत्यन्तै दयनीय कम्युनिस्ट हुन्छ । किनभने कम्युनिजम सम्पूर्ण मानव ज्ञानराशिको योगफल हो । माक्र्सवाद एउटा उदाहरण हो, जसले कसरी मानवजातिद्वारा आर्जित सम्पूर्ण ज्ञानराशिको योगफलबाट कम्युनिजम उत्पन्न भयो भन्ने कुरा दर्शाउँदछ ।

त्यसकारण लेनिनले कम्युनिस्ट बन्नको लागि आवश्यक शर्त निर्धारण गरेका छन् । उनी त्यो शर्तको वर्णन यसरी गर्दछन्– “तपाईं तब मात्र कम्युस्टि बन्न सक्नुहुन्छ, जब तपाईंले आफ्नो दिमागलाई मानवजातिद्वारा आर्जन गरिएको सम्पूर्ण ज्ञानराशिबाट सुसम्पन्न बनाउनुहुन्छ ।” (युवा लिगको कार्यभार)

मानवजातिद्वारा आर्जन गरिएको सम्पूर्ण ज्ञानराशिले आफ्नो मस्तिष्कलाई सुसम्पन्न बनाउने कार्यको उत्कृष्ट उदाहरण स्वयं माक्र्सवाद हो । माक्र्सवाद आफ्नो समयका उत्कृष्ट उपलब्धिहरुको परिणाम थियो । तिनीहरु थिए– जर्मन शास्त्रीय दर्शन, बेलायती शास्त्रीय अर्थशास्त्र र फ्रान्सेली काल्पनिक समाजवाद । उन्नाइसौं शताब्दीमा बेलायत, फ्रान्स र जर्मनी विश्वका सबभन्दा अगाडि बढेका देशहरु थिए । कार्ल माक्र्सले ती देशहरुमा भएका उपलब्धिहरुलाई आलोचनात्मक परिष्कार गरेर नयाँ निष्कर्ष निकालेका थिए । त्यसबाट माक्र्सवाद बनेको थियो ।

तर ज्ञानराशि त अनन्त छ । सीमित समयमा अनन्त ज्ञानराशिलाई कसरी आत्मसात गर्नसकिन्छ त ? त्यसको विधि नीतिशास्त्रमा भनिएको छ–
“अनन्त शास्त्रं बहुलाश्च विद्या, अल्पश्च कालो बहुविघ्नता च ।
यत्सारभूतं तदुपासनीयम्, हंसो यथा क्षीरमिवाम्बुमध्यात् ।”

अर्थात् शास्त्रहरु अनन्त छन् र विद्याहरु पनि धेरै छन् । त्यसैगरी समय छोटो छ र बाधाहरु धेरै छन् । त्यसकारण जुन सारतत्व छ, त्यसलाई लिनु पर्दछ, जसरी हाँसले पानीको बीचबाट दूध छानेर लिन्छ ।

त्यसकारण हामीले पनि यही विधिबाट आफ्नो दिमागलाई सुसम्पन्न बनाउन सक्दछौं ।

वास्तवमा कम्युनिस्ट बन्ने विधि प्रकृति, समाज र चिन्तनको क्षेत्रमा मानव जातिले आजसम्म आर्जन गरेको उत्कृष्ट ज्ञानबाट आफ्नो दिमागलाई सुसम्पन्न बनाउनु हो ।

संसारको सवै ज्ञान प्राप्त गर्नको लागि सम्पूर्ण संंसारलाई तीन भागमा विभाजन गरिएको छ– प्रकृति, समाज र चिन्तन । यी तीन भागहरुकोअध्ययन गर्नको लागि अलग–अलग शास्त्रहरुको सृजना गरिएको छ । तिनीहरु हुन्– विज्ञान, इतिहास र दर्शन । प्रकृतिको अध्ययन गर्ने शास्त्र विज्ञान हो, समाजको अध्ययन गर्ने शास्त्र इतिहास हो र चिन्तनको अध्ययन गर्र्ने शास्त्र दर्शन हो । त्यसकारण प्रकृति, समाज र चिन्तनको ज्ञान प्राप्त गर्नको लागि विज्ञान, इतिहास र दर्शनको अध्ययन गर्नु आवश्यक छ ।

विज्ञान, इतिहास र दर्शनको विस्तृत अध्ययनपछि यिनीहरुको आधारमा र यिनीहरुको निष्कर्षको रुपमा माक्र्सवादको अध्ययन गर्नु आवश्यक छ ।
कम्युनिस्ट बन्ने अर्को शर्त निरन्तर गतशीलता हो । जस्तो कि पे्रmडरिक एंगेल्सले भनेका थिए– ‘हाम्रो सिद्धान्त कुनै जडसूत्र होइन, यो त मार्गदर्शक मात्र हो ।’ वस्तुगत जगत निरन्तर गतिशील छ । त्यसकारण एउटै सिद्धान्त सदाको लागि हुँदैन । नयाँ परिवेशमा नयाँ सिद्धान्तको आवश्यकता पर्दछ । निरन्तर गतिशीलताको लागि लेनिनको अचूक विधि छ– ‘ठोस परिस्थितिको ठोस विश्लेषण ।’ ठोस परिस्थितिको अर्थ देश र कालको विशिष्टता हो र ठोस विश्लेषणको अर्थ त्यो विशिष्टताको पहिचान हो । त्यसैगरी माओको विधि छ– ‘जुत्ताको नापअनुसार खुट्टा नकाट्ने, खुट्टाको नापअनुसार जुत्ता काट्ने ।’ यहाँ जुत्ताको अर्थ सिद्धान्त हो र खुट्टाको अर्थ वस्तुगत परिवेश हो ।


विगतमा माक्र्सवादले समाजवादका तीन संघटक अंगहरु निर्धारण गरेको थियो । तिनीहरु थिए– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । तर वर्तमान युगमा एउटा अर्को महत्वपूर्ण विषय आएको छ । त्यो हो– विज्ञान । विज्ञानको अध्ययनबिना वर्तमान संसार बुभ्mन सम्भव छैन । त्यसकारण अब विज्ञान समाजवादको संघटक अंग बनेको छ ।

वर्तमान युगमा समाजवादका संघटक अंगहरु हुन्– दर्शन, विज्ञान, इतिहास र माक्र्सवाद । यिनीहरुको समग्र अध्ययनबाट हामी वर्तमान युगको कम्युनिस्ट बन्न सक्दछौं ।

१. दर्शनशास्त्रको पाठ्यक्रम

१. दर्शनको परिचय
१) दर्शनको परिभाषा
२) दर्शनको कार्य
३) दर्शनको लक्ष्य
२. दर्शनको वर्गीकरण
१) सत्ताको स्वरुपको आधारमा
२) सत्ताको संख्याको आधारमा
३) अध्ययन विधिको आधारमा
३. दर्शनको शाखा
१) तर्कशास्त्र
२) प्रकृति दर्शन
३) समाज दर्शन
४. दर्शनको संरचना
१) प्रवर्ग
२) निर्णय
३) तर्क
५. दर्शनको विकासक्रम
१) पूर्वीय दर्शन– (क) भारतीय दर्शन, (ख) चिनियाँ दर्शन
२) पश्चिमी दर्शन– (क) प्राचीन दर्शन, (ख) आधुनिक दर्शन, (ग) उत्तर–आधुनिक दर्शन
(क) भारतीय दर्शन
१. आस्तिक दर्शन– न्याय दर्शन, वैशेषिक दर्शन, सांख्य दर्शन, योग दर्शन, मीमांसा दर्शन, वेदान्त दर्शन ।
२. नास्तिक दर्शन– चार्वाक दर्शन, बुद्ध दर्शन, जैन दर्शन ।
(ख) चिनियाँ दर्शन
१. प्राकृतिक दर्शन– पञ्चतत्ववाद, द्वन्द्ववाद र आकृतिवाद ।
२. नैतिक दर्शन– ताओवाद, कन्प्mयुसियसवाद र मेन्सियसवाद ।
२) पश्चिमी दर्शनको विकासक्रम
(क) प्राचीन दर्शन– प्राकृतिक दर्शन, बौद्धिक दर्शन, नैतिक दर्शन ।
(ख) आधुनिक दर्शन– तर्कवाद, अनुभववाद, आदर्शवाद ।
(ग) उत्तर–आधुनिक दर्शन– तार्किक प्रत्यक्षवाद, तार्किक परमाणुवाद, विश्लेषणात्मक दर्शन ।

२. विज्ञानको पाठ्यक्रम

१. विज्ञानको महत्व
१) विज्ञानको आवश्यकता
२) विज्ञानको कार्य
३) विज्ञानको लक्ष्य
२. विज्ञानका मान्यताहरु
१) भौतिकताको मान्यता
२) नियमितताको मान्यता
३) अन्तर्सम्बन्धको मान्यता
३. वैज्ञानिक विधि
१) अवलोकन
२) विश्लेषण
२) संश्लेषण
४. विज्ञानको वर्गीकरण
५. विज्ञानका शाखाहरु
१) भौतिक विज्ञान
२) रसायन विज्ञान
३) जीव विज्ञान
६. विज्ञानको संरचना
१) धारणा
२) नियम
३) सिद्धान्त
७. विज्ञानको विकासक्रम
१) एकताको चरण
२) विविधताको चरण
३) अन्तर्सम्बन्धको चरण

३. इतिहासको पाठ्यक्रम

१. समाजको संरचना
१) उत्पादक शक्ति– उत्पादन साधन, उपकरण, मानवश्रम ।
२) उत्पादन सम्बन्ध– संगठन, विचारधारा ।
२. समाजका रुपहरु
१) गोत्र समाज
२) कुल समाज
३) कबिला समाज
४) जाति समाज
५) राष्ट्र समाज
६) अन्तर्राष्ट्र समाज
३. सामाजिक व्यवस्थाहरु
१) आदिम साम्यवाद
२) दास व्यवस्था
३) सामन्तवाद
४) पूँजीवाद
५) समाजवाद
६) वैज्ञानिक साम्यवाद
४. कालविभाजन
१) प्रागैतिहासिक काल– (१) जंगली अवस्था, (२) बर्बर अवस्था ।
२) ऐतिहासिक काल– (१) प्राचीन काल, (२) मध्यकाल, (३) आधुनिक काल, (४) उत्तर–आधुनिककाल
५. युग विभाजन– १) प्रविधिको आधारमा र २) व्यवसायको आधारमा ।
प्रविधिको आधारमा
१) ढुंगे युग
२) काँस्ययुग
३) लौहयुग
४) वाष्पयुग
५) विद्युतयुग
६) परमाणु युग
७) कम्प्युटर युग
व्यवसायको आधारमा
१) कृषि युग
२) औद्योगिक युग
३) ज्ञान युग
६. मानवको उत्पत्ति
१) प्राचीन मानव– पेकिङ् मानव, जाभा मानव, हाइडलबर्ग मानव, पिल्टडाउन मानव, नियाण्डरथल मानव र क्रोम्याग्नन् मानव ।
२) आधुनिक मानव– भारोपेली, मंगोल, ककेसियन, अस्ट्रेलियन र नेग्रो ।
३) भाषा समूह– भारोपेली, भोट–बर्मेली, सेमिटिक, हेमेटिक र युराल–अल्टाइक ।
७. मानव सभ्यताहरु
१) प्राचीन कालीन सभ्यताहरु– (१) पूर्वीय सभ्यता, (२) पश्चिमी सभ्यता ।
(१) पूर्वीय सभ्यता– मिस्रको सभ्यता (नाइलनदीको सभ्यता), भारतको सभ्यता (सिन्धु नदीको सभ्यता) र चीनको सभ्यता (ह्वाङ्हो नदीको सभ्यता) ।
(२) पश्चिमी सभ्यता– ग्रीसको सभ्यता र रोमको सभ्यता ।
२) मध्यकालीन सभ्यताहरु– अरबी सभ्यता र युरोपेली सभ्यता ।
३) आधुनिक कालीन सभ्यता
४) उत्तर–आधुनिक कालीन सभ्यता

४. माक्र्सवादको पाठ्यक्रम

१. माक्र्सवादको परिचय– माक्र्सवादको उत्पत्ति, माक्र्सवादका संस्थापकहरु ।
२. माक्र्सवादका संघटक अंगहरु
१) दर्शन– द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, द्वन्द्वात्मक भौतिकवादको ज्ञान–सिद्धान्त ।
२) अर्थशास्त्र– मूल्यको श्रम–सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त ।
३) समाजवाद– इतिहासको भौतिकवादी धारणा, वर्ग–संघर्षको सिद्धान्त, सर्वहारावर्गको अधिनायकत्व ।
३. माक्र्सवादको विकासक्रम
१) माक्र्सवादको चरण– प्रतिस्पर्धी पूँजीवाद, विश्वमा क्रान्तिको सिद्धान्त ।
२) लेनिनवादको चरण– एकाधिकारी पूँजीवाद, एउटा देशमा क्रान्तिको सिद्धान्त ।
३) माओवादको चरण– अर्धसामन्ती र अर्धउपनिवेशी अवस्था, नयाँ जनवादी क्रान्तिको सिद्धान्त ।
४) माक्र्सवादको चौथो चरण– एकीकृत पुँजीवादको चरण (विज्ञान–प्रविधिमा आधारित समाजवाद)

दर्शनको पाठ्यसामग्री

१. चार वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद)
२. उपनिषद
३. श्रीमद्भागवत गीता
४. षट्दर्शन (न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त)
५. दर्शन–दिग्दर्शन, राहुल सांकृतायन
६. पाँच शास्त्रहरु (ँष्खभ ऋबिककष्अक), कन्फ्युसियस
७. म्बय म्भ व्ष्लन, लाओ त्से
८.मेटाफिजिक्स (ःभतबउजथकष्अक), एरिस्टोटल
९. रिपब्लिक (च्भउगदष्अि), प्लेटो
१०. प्रिन्सिपल अफ फिलोसफी, रेने डेकार्ट
१२. इथिक्स, स्पिनोजा
१३. ‘ब्ल भ्ककबथ ऋयलअभचलष्लन ज्गmबल ग्लमभचकतबलमष्लन’, जोन लक
१४. क्रिटिक अफ प्युर रिजन (ऋचष्तष्त्रगभ या एगचभ च्भबकयल), इमानुएल कान्ट
१५. साइन्स अफ लजिक (क्अष्भलअभ या ीयनष्अ), जी.डब्ल्यु. हेगेल
१६.च्ष्कभ या क्अष्भलतषष्अ एजष्यिकयउजथ, हान्स राइखेनबाख
१७. त्चबअतबतगक ीयनष्अय(उजष्यिकयउजष्अगक, लुडविग विट्टगेन्स्टाइन
१८. प्रिन्सिपिया म्याथम्याटिका, बर्टे«ण्ड रस्सेल
१९. हिस्ट्री अफ वेस्टर्न फिलोसफी (ज्ष्कतयचथ या ध्भकतभचल एजष्यिकयउजथ), बर्टे«ण्ड रस्सेल

विज्ञानको पाठ्यसमग्री

१. विज्ञान संसार
२. आइडियाज एण्ड ओपिनियन्ज (क्ष्मभबक बलम इउष्लष्यलक), अल्बर्ट आइन्स्टाइन
३. एड्भान्समेन्ट अफ लर्निङ्ग (ब्मखबलअझभलत या ीभबचलष्लन), फ्रान्सिस बेकन
४. डिस्कोर्स अन मेथड, रेने डेकार्ट
५. प्रिन्सिपिया, आइज्याक न्यूटन
६. फिलोसफी अफ जुलोजी, जे. बी. लामार्क
७. ओरिजिन अफ स्पेसिज (इचष्नष्ल या क्उभअष्भक), चाल्र्स डार्विन
८. एलिमेन्ट्री ट्रिटिज अफ केमिस्ट्री, एन्टोइन लेवोइजिए
९. न्यू सिस्टम अफ केमिस्ट्री, जोन डाल्टन
१०. प्रिन्सिपल अफ केमिस्ट्री, दिमित्री, मेन्देलिभ
११. मेजर एचिभमेन्ट्स अफ साइन्स
१२. साइन्स इन हिस्ट्री, जे. डी. बर्नाल

इतिहासको पाठ्यसामग्री

१. प्राचीन समाज, एल.एच. मोर्गन
२. परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति, फ्रेडरिक एंगेल्स
३. जर्मन विचारधारा, माक्र्स–एंगेल्स
४. विश्व सभ्यताको इतिहास
५. प्राचीन विश्व इतिहासको परिचय
६. मध्यकालीन विश्व इतिहास
माक्र्सवादको पाठ्यसामग्री
१. कम्युनिस्ट कसरी बन्न सकिन्छ
२. माक्र्सवादको रुपरेखा
३. दर्शन विश्वकोश
४. सहयोगी समाज
५. एक्काइसौं शताब्दीको समाजवाद
६. कम्युनिस्ट घोषणापत्र, माक्र्स–एंगेल्स
७. समाजवाद– काल्पनिक र वैज्ञानिक, फ्रेडरिक एंगेल्स
८. लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य, फ्रेडरिक एंगेल्स
९. ड्युहरिङ्ग मत–खण्डन, फ्रेडरिक एंगेल्स
१०. प्रकृतिको द्वन्द्वात्मकता, फ्रेडरिक एंगेल्स
११. पूँजी (खण्ड १), कार्ल माक्र्स
१२. दर्शनको दरिद्रता, कार्ल माक्र्स
१२. भौतिकवाद र अनुभवसिद्ध आलोचना, भी. आई. लेनिन
१३. साम्राज्यवाद– पूँजीवादको चरम अवस्था, भी. आई. लेनिन
१४. राज्य र क्रान्ति, भी. आई. लेनिन
१५. व्यवहारबारे, माओ त्से–तुङ्ग
१६. अन्तर्विरोधबारे, माओ त्से–तुङ्ग
१७. नयाँ जनवादबारे, माओ त्से–तुङ्ग