fbpx

सम्पादकीय


करिब २४०० वर्ष अगाडि महान दार्शनिक प्लेटोका शिष्य एरिस्टोटलले भनेका थिए रे– “प्लेटो प्रिय छन्, तर सत्य अझ प्रिय छ ।” आजबाट तथ्य र तर्कसहितको सत्यको खोज गर्ने ‘यात्रा’ शुरु भएको छ । यो यात्रा सवै प्रकारका चिनियाँ पर्खालहरु नाघेर अगाडि बढ्नेछ । यसको लागि सत्यको मार्गलाई अवरुद्ध गर्ने कुनै सीमा स्वीकार्य हुँदैन– चाहे त्यो प्राधिकारको सीमा होस् वा परम्पराको सीमा होस्, चाहे त्यो सिद्धान्तको सीमा होस् वा महामानवको सीमा होस् । सत्य कहिले पनि निरपेक्ष र अन्तिम हुँदैन । सत्य सदा सापेक्ष र गतिशील हुन्छ । त्यसकारण सत्यको खोज गर्ने यात्रा पनि असीमित र अविरल हुन्छ ।

यो यात्रा सवै प्रकारका चिनियाँ पर्खालहरु नाघेर अगाडि बढ्नेछ । यसको लागि सत्यको मार्गलाई अवरुद्ध गर्ने कुनै सीमा स्वीकार्य हुँदैन– चाहे त्यो प्राधिकारको सीमा होस् वा परम्पराको सीमा होस्, चाहे त्यो सिद्धान्तको सीमा होस् वा महामानवको सीमा होस् । सत्य कहिले पनि निरपेक्ष र अन्तिम हुँदैन । सत्य सदा सापेक्ष र गतिशील हुन्छ । त्यसकारण सत्यको खोज गर्ने यात्रा पनि असीमित र अविरल हुन्छ ।

यो यात्राको लक्ष्य मानव मुक्ति हो । मानव समाज आज एक्काइसौं शताब्दीमा छ । तर अहिले पनि समाजमा अनेकौं मानवीय विभेदहरु, उत्पीडनहरु र बन्धनहरु कयमै छन् । तिनीहरुको कारण र समाधानको खोज गर्नु यो यात्राको कार्यभार हो ।

मानव मुक्तिको प्रक्रिया आदिम कालदेखि चलिआएको छ । आरम्भमा मानिसले प्राकृतिक बन्धनबाट मुक्त हुने प्रयत्न गर्यो र सभ्यताको निर्माण गर्यो । त्यसपछि ऊ आफ्नै सृजनाको बन्धनमा पर्यो । जस्तो कि प्रसिद्ध फ्रान्सेली दार्शनिक रुसोले भनेका छन्– “मानिस स्वतन्त्र जन्मिन्छ, तर ऊ चारैतिर बन्धनमा हुन्छ ।” पुरुषलाई जन्म दिने महिलाहरु पुरुषकै बन्धनमा हुन्छन् । पूँजीको सृजना गर्ने श्रमिकहरु पूँजीकै बन्धनमा हुन्छन् । शासकलाई पाल्ने शासितहरु शासककै बन्धनमा हुन्छन् । यो विसंगतिको विरुद्ध निरन्तर विद्रोहहरु हुँदैआएका छन् । त्यस क्रममा अनेकौं क्रान्तिहरु भएका छन् । परिणामस्वरुप मानव समाज आज यो अवस्थामा आइपुगेको छ । सत्यको खोज गरेर मानव मुक्तिको यो प्रक्रियालाई मार्गदर्शन गर्नु यो यात्राको अर्को कार्यभार हो ।

अन्त्यमा न्याय, स्वतन्त्रता र समानतासहितको समृद्ध तथा समुन्नत समाजको निर्माण गर्ने लक्ष्य लिएर शुरु भएको यो यात्रामा सहयात्री बन्नको लागि हामी सम्पूर्ण जनसमुदायहरुमा हार्दिक आह्वान गर्दछौं ।

सम्पादक समिति, समाजवादी विश्व

#सम्पादकीय#समाजवादी विश्व