fbpx

हरिश्चन्द्र खड्का

नेपाल धितोपत्र बोर्डले डेरिभेटिभ मार्केटका सम्बन्धि आयोजना गरेको कार्यक्रममा सि(आस्वा शुल्क न्युनतम शून्यदेखी अधिकतम ५ रुपैयाँ ९० ( ५० सम्म लागु गरिने जानकारी गराईएको छ। बोर्डका अध्यक्ष रमेश कुमार हमालले आस्वा शुल्क धेरै भएको गुनासोलाई मध्यनजर गर्दै यसअघि शून्यदेखी १०० रुपैयाँसम्म लिने गरेकोमा त्यसलाई घटाउने कार्यविधिको व्यवस्था गरि तत्काल कार्यन्वयन गरिने जानकारी दिनुभयो।


संसोधीत आस्वा शुल्क यसै हप्ताको अन्त्यबाट नै कार्यन्वयन गराउन निर्देशन गरिसकिएको समेत अध्यक्ष हमालले बताउनुभयो। यससँगै, अब नयाँ आउने आईपीओबाट लगानीकर्ताले आस्वा शुल्क रु ५ सम्म मात्र तिरे पुग्नेछ।

अध्यक्ष हमालले आईपीओ बाँडफाँड गरेको कुल रकम भन्दा पनि आस्वा शुल्क २(३ गुणा बढी देखिने गरेको र आईपीओ नपरेकोलाई समेत आस्वा शुल्क तिर्नु परेको गुनासो बारम्बार आएको हुनाले तत्काल एक्सन लिएको बताउनुभयो।

यो व्यवस्था लागु भएसँगै साना लगानीकर्ता थप उत्साहित भएर आईपीओ भर्ने र यसले धितोपत्र बजारलाई अझ विश्वसनिय र पारदर्शी बनाउने विश्वास  आफुले लिएको अध्यक्ष हमालले बताउनुभयो। साना लगानीकर्ता मैत्री बजार बनाए मात्र धितोपत्र बजारको दिगो विकास संभव रहेको उहाँको भनार्इ रहेको थियो।

यससँगै, संशोधित आस्वा शुल्क अनुसार अब आस्वा सदस्यले लिएको आस्वा शुल्कबाट रु १ बिक्री प्रबन्धकलाई र रु १ सिडिएससि९ऋम्क्ऋ० लाई जाने भएको छ।

#समाजवादी विश्व C-ASBA iporesult.cdsc.com.np आइपिओ रिजल्ट सि-आस्वा