fbpx

हरिश्चन्द्र खड्का, २० भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदाे दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम भराउन सुरु गरेकाे छ । आजकै सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ ।

याे अनलाइन फाराम भर्ने व्यवस्था २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न मिलाइएको हो । यो बीचमा ट्रान्सक्रिप्ट लिने विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराउनुभयाे ।

त्रिभुवन विश्वविद्यालयले अनलाइन फारम भर्नेहरूका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह सम्पन्न गर्ने तयारी रहेकाे बताएकाे छ ।

रजिष्ट्रेशनका लागि याे फाराम भर्नुहाेस् : https://www.tuexam.edu.np/convocation/

 

Tribhuvan University TU Convocation त्रिभुवन विश्वविद्यालय दीक्षान्त समाराेह