fbpx

काठमाडौं । मातृ नेपाल बालगृहको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ। आज चैत १५ गते काठमाडौकों तार्केश्वोर ३ मा ॐ डेण्टल अस्पतालको डा। किरण म्हेता नेतृत्वको ४ सदस्यीय टोलीले बालगृह र गाउँका बृद्धबृद्धा सहित ६० जनाको सफल दन्त परिक्षण तथा सामान्य उपचार सम्पन्न गरेको हो । २०५८ सालमा स्थापना भएको मातृ नेपाल बालगृहमा ५० जना असाहय बालबालिकाले आश्रए लिइरहेका बालगृहका संचालक नरबहादुर राउतले जानकारी गराए।

आजको कार्यक्रममा सामाजसेवी भक्तबहादुर राई (भक्त किराँती) समाजसेवी आर। बी ठकुरी लगायत भिभिन्न संघसस्थाको प्रतिनिधिको उपस्थित थियो । कार्यक्रमको संयोजन सरसफाइ अभियान्ता प्रकाश कुवँरले गरेका थिए।

बालगृहमा सहयोग गर्न चाहानुहुने व्यक्ति, संघसंस्था रर समाजसेवीहरुले बालगृहका संचालकलाई सिधै कल गरेर ९८४१४४५६३७ सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।