
काठमाडौं । काठमाडौंको १६ नम्बर वडामा उपनिर्वाचनको प्रचार र घरदैलो अभियानलाई नेकपा एमालेले तीब्र बनाएको छ । पार्टीको केन्द्र, जिल्ला र स्थानीय पार्टी संयुक्त रुपमा चुनाव प्रचारमा देखिएको छ । त्यसै गरी अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो चुनावी प्रचारप्रसार तिब्र बनाएकाछन ।
बिषेश गरी नेकपा एमाले ,नेपाली कांग्रेस ,नेकपा एस ,रास्वपा ,राप्रपा नेपाल लगाएतका पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरु यस काठमाडौँ १६ वडामा प्रतिस्पर्दामा रहेका छन् ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं. ७ (क) का संयोजक जीवन मानन्धरका अनुसार मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । उनले घरदैलो अभियानबारे मिडिया दैनिकसँग कुरा गर्दै भने- हामीले चुनाव प्रचारलाई निकै तीब्र बनाइरहेका छौं ।
घरदैलो अभियानमा जादा धेरै भन्दा धेरै मतदाताको घरमा हाम्रा उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई सगुनसहित स्वागत गरिएको थियो । चुनाव प्रचारमा पार्टीका केन्द्रीय नेताहरुपनि हिड्नुभएको छ । पूर्वमेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धरसमेत चुनाव प्रचारमा खटेर लाग्नुभएको छ । एमालेको पक्षमा यसरी मतदाता उर्लिको देखेर हामी निकै उत्साहित भएका छौं उनले भने।
यस वडामा १० वटा मतदान बुथ रहेको छ । प्रचारलाई प्रभावकारी बनाउन सबै बुथहरुमा प्रचार कार्यालय स्थापना गरिसकेका छ।