
काठमाडौं । अनाथ असहाय बृद्धबृद्धाहरुको लागी भगवानको वरदान स्वरुप रहेको नेपाल वरिष्ठ नागरिक समाज सोह्रखुट्टे काठमाडौँ आश्रमका संचालक समितिले आउदै गरेको नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदन-प्रदान तथा सम्मान कार्यक्रम गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६, का वडा अध्यक्ष रोजिना श्रेष्ठ लगाएत वडावासीहरुको वाग्लो उपस्थिति रहेको कार्यक्रममा १६ वडाको अध्यक्ष रोजीना श्रेष्ठ , लगाएत अन्य व्यक्तित्वहरु लाई जेष्ठ नागरिक समाजले सम्मान गरेको थियो ।
शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोजिना श्रेष्ठले भनीन यस नेपाल वरिष्ठ नागरिक समाजमा म, पहिले देखी नै आउनेजाने गरेको थिए, आश्रम प्रती जानकार रहेको छु। यहाँको बुवा-आमालाई मैले बेलाबेला भेट्ने गरेको छु , उहाँहरुको दुखसुखका कुरा सुन्दा सारै नरमाइलो लाग्छ। यो आश्रम रहेको स्थल पहिला फोहोर फाल्ने गरिएको ठाउँ हो, धेरै फोहोर थियो । अहिले नेपाल वरिष्ठ नागरिक समाजले संरक्षण गरि भवन निर्माण गरेर असहाय बुवा-आमालाई आश्रय दिईको छ ,म, यस प्रती संरक्षण समितिलाई धन्यवाद दिन चाहान्छु। फेरि पनि यस आश्रममा निरन्तर म आउने छु र नयाँ बर्ष २०८२ को सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु , उनले थपिन।
नेपाल वरिष्ठ नागरिक समाजका अध्यक्ष लक्ष्मी रत्न तुलाधरले आश्रमलाई सहयोग गर्नु हुने सहयोगी दाताहरु प्रती धन्यवाद दिदै आगामी दिनमा आश्रममा हुने भजन कृतन, स्वास्थ शिविर लगाएतका गतिविधि बारे जानकारी दिए।
उनले भने यहाँ प्रत्येक साँझ भजन हुन्छ तर अब जेष्ठ महिना देखि प्रत्येक महिनाको एक दिन विशेष भजन हुनेछ, र त्यसदिन सहयोग गर्ने संघ संस्था , व्यक्ति प्रती समर्पित रहने छ। तुलाधरले भने नेपाल वरिष्ठ नागरिक समाजले यहि बैशाख १३ गते सनिवार आँखा शिविर लगाएत् स्वास्थ्य चेकजाँच संचालन गर्दैछ, यस शिविरमा सम्पूर्ण आमाबुवा, दिदिबहिनी , दाजुभाइ उपस्थिति जनाउन अनुरोध गर्दै नयाँ बर्षको शुभकामना दिए। कार्यक्रम नेपाल वरिष्ठ नागरिक समाज सोह्रखुट्टे काठमाडौँको भवनमा भएको थियो ।