
काठमाडौँ । स्थानीय तहको मङ्सिर -१६ गते हुने उपनिर्वाचनमा नेकपा एमालेले काठमाडौँ -१६ मा चुनाव प्रचार-प्रसार तथा घरदैलो कार्यक्रमको अन्तिम दिन व्यापक चुनाव प्रचार, घरदैलो कार्यक्रम गरेको छ।
स्थानीय मतदाताको वाग्लो उपस्थितिमा एमालेका केन्द्रीय नेता तथा कार्यकर्ता र मौलिक धिमेबाजा सहित व्यापक जनसहभागिता रहेको घरदैलो कार्यक्रम एमालेको वडा कमिटी कार्यालय बालाजु बाईसधाराबाट सुरुभएर वालाजु बाइपास चोक , बालाजु चोक हुँदै माछापोखरीमा टुंगिएको थियो।
यस उपनिर्वाचनमा काठमाडौँ -१६ वडामा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सालिन, निष्ठावान र वैचारिक रुपमा खारिएका नेता लक्ष्मीरत्न तुलाधर रहेका छन् । उनले २०५४ सालको चुनावमा काठमाडौंको १६ नम्बर वडाको वडा सदस्यमा निर्वाचित हुँदा सर्वाधिक मत (३६७४) ल्याएका थिए । तुलाधर २०५९ सालमा मनोनित वडा अध्यक्ष पनि हुन् । उनी पार्टीमा मात्रै हैन सामाजिक कार्यमा पनि उत्तिकै लोकप्रिय पात्र हुन् । उनलाई काठमाडौँ -१६ मा जिताउन सिंगो एमाले संगठन नै लागि परेको नेकपा एमाले नेता जीवन मानन्धर बताउछन।
उत्साह जनक जनसहभागिता र मतदाता आफु संगै घरदैलोमा हिडेको देखेर तुलाधर खुसि छन् ,मङ्सिर -१६ मा एमालेको चुनाव चिन्ह सुर्यमा मतदाताले भोट हाल्नेमा उनी ढुक्क रहेको बताउछन।
चुनाव प्रचार-प्रसार तथा घरदैलो कार्यक्रममा सहभागी एमाले नेता तथा पुर्व मन्त्री रामवीर मानन्धर बताउछन : अव १६ वडामा एमालेको जीत निश्चित भइ सक्यो मङ्सिर १६ गते मत हाल्न मात्रै बाकि रहेको छ , यसै गरी स्थानीय तहको उपनिर्वाचनमा एमालेले धेरै स्थानमा जीत हासिल गर्ने एक नेताले दावी गरे ।
यस काठमाडौँ -१६ वडामा नेकपा एमाले, नेपाली कांग्रेस , नेकपा एस , रास्वपा ,लगाएत स्वतन्त्र उम्मेदवार सहित वडाध्यक्षको पदमा १८ जनाले उम्मेदवारी दिएकाछन्।
भिडियो हेर्नुहोस