काठमाडौं। नेकपा (एमाले) काठमाडौं महानगरपालिका १६ वडा कमिटी सदस्यहरु र नेकपा एमाले काठमाडौं महानगर कमिटी सचिवलय सदस्य ,आर्थिक संयोजक सहित १४५ जना नेकपा एमाले काठमाडौँ महानगरपालिका १६ का संगठित सदस्यहरुले सामुदायिक राजीनामा बुझाएका महानगर कमिटी सदस्य युडिल महर्जनले जानकारी गराएका छ्न।
यहि मंसिर १६ मा विभिन्न कारणले रिक्त रहेका स्थानीय तहमा चुनाव हुँदैछ। सामुहिक राजीनामा दिनुको कारण अहिले खुलिनहाले पनि काठमाडौं -१६ मा नेकपा एमालेले चयन गरेको अध्यक्ष पदको उम्मेदवार हुन सक्ने एक सदस्य बताउछन।
यस काठमाडौं महानगरपालिका वडा नं. १६ मा गत बर्ष वडा अध्यक्ष मुकुन्द रिजालको असामाहिक निधन भए पश्चात् अध्यक्ष पद रिक्त रहेको छ।

