fbpx

हरिश्चन्द्र खड्का, काठमाण्डाै। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबारकाे शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । नेप्सेको सञ्चालक समितिको बैठकले आगामी असोज मसान्तसम्ममा शुक्रबार शेयर कारोबार बन्द गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । तर भाद्र महिनाको बाँकी शुक्रबार भने कारोबार यथावत हुनेछ।‎

‎सरकारले जेठदेखि आइतबारलाई राष्ट्रिय विदा दिने निर्णय गरेकाे थियाे। त्यससँगै शेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गरिएकाे थियो । सरकारले असारपश्चात आइतबारे विदा खारेज गरे तापनि शेयर काराेबार भने आइतबारदेखि शुक्रबारसम्मै यथावत् रहेकाे थियाे । तर, शुक्रबारकाे काराेवार अवधि भने  दुई घण्टामा सीमित राखेको थियो ।‎

‎शुक्रबार दुई घण्टा सम्म कारोबार सञ्चालन गर्नुको कुनै अर्थ नरहेको भन्दै लगानीकर्ताले शुक्रबार कारोबार बन्द गर्न माग गर्दै आएका छन् । त्यसैले लगानीकर्ताकाे भावनालाई सम्बाेधन गर्न नेप्से शुक्रबार बन्द गर्ने निर्णयमा पुगेको हो ।‎

‎साथै, असोजदेखि शुरु हुने सार्वजनिक विदाका दिन बाहेकका  दिन आइतबारदेखि बिहीबारसम्म बजारमा कारोबार हुनेछ । त्यस्तै यी दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुने गरेको छ ।‎

याे पनि पढ्नुहाेस् : सि-आस्वा चार्ज अधिकतम ५ रुपैयाँ लागुहुने

NEPSE NEPSE Chart NEPSE Live