बास्तवमा आधुनिक नेपालको निर्माण गर्ने सपना गोर्खाका टाकुरे राजा नरभुपाल शाहको थियो । आफ्ना बाबुको सपना साकार पार्ने लक्ष तय उनकै जेठा छोरा राजा पृथ्वीनारायण शाहले गरे । त्यसैले आधुनिक नेपालमा शाह बंशको ईतिहाॅस ईनकै पालादेखि स्वर्ण अक्षरले लेखियो । यिनै राजा पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ तथा श्री ५ ‘बडामहाराजाधिराज’ पनी भनिन्छ र हरेक बर्ष पौष २७ गते भब्यरुपले यिनको जन्म जयन्तिलाई ‘पृथ्वी जयन्ती’ तथा ‘राष्ट्रिय एकता’ दिवसको रुपमा मनाईन्छ ।
यिनकै पाला देखी सुरु भएको शाहबंशीय राजाहरु र आफ्ना सन्तान युबराजहरु बिचको उमेर तथा जन्मान्तर तयार पारेको छु । नोट-: यहाॅ उल्लेखित मिती सबै बिक्रम संम्बत हो । पृथ्वीनारायण शाह आफु १७७९ मा जन्मिए भने १८०८ मा आफ्नो २९ बर्षको उमेरमा जेठा छोरा प्रतापशिंह शाहलाई जन्म दिए । ५२ बर्षको उमेरमा त्रिशुली देबिघाटमा यिनको देहावसान भयो । पृथ्वीका जेठा छोरा राजा प्रतापशिंह शाह १८३२ मा २४ बर्षको उमेरका थिए, राजा रण बहादुर शाहको जन्म भयो । त्यसै गरी रण बहादुर शाहले १८५४ मा २२ बर्षको उमेरमा गीर्बाणयुद्व बिक्रम शाहलाई जन्म दिए । भनिन्छ यि राजा जेठी ब्याईते महारानी बाटका नभै पुर्बी तराई तिरकी बिधुवा बाहुनी ल्याईते रानी ‘कान्तिवती महारानी राज राज्यश्वरी’ बाट जन्मियका हुन । त्यसैले गीर्बाणयुद्वबिक्रम पछीका सबै वा अन्तिम राजा ज्ञानेन्द्र सम्म र समग्रह शाहबंशीय राजाहरुको नाम र थरको बिचमा ‘बिरबिक्रम’ लेख्न थालिएको थियो । अन्यथा यि भन्दा अघीका २२से तथा २४से राज्यका सम्पुर्ण ठकुरी राजबंशमा राजाहरुको नामको बिचमा ‘बहादुर’ तथा अन्य भाईहरुलाई कुमार, साहेबज्यु, बाबुसाहेब र रौतेलासाहेबज्यु भन्ने गरीन्थ्यो र यता आधुनिक नेपालका राजाकी छोरी (राजकुमारीहरुको) बिहे गर्नु पुर्ब हुने वाला ज्वाईलाई पनी ‘कुमार’ उपनामलाई ‘राजकिय उपाधि’ तथा ‘पद्धवी’ स्वरुप धारण गरएर बिबाहा गराईन्थ्यो ।
यिनै राजा गीर्बाणयुद्वबिक्रम शाहले १८७० मा आफु १६ बर्षको उमेर पुगे पछी राजा राजेन्द्रलाई जन्म दिएका थिए । राजा राजेन्द्रले १८८६ मा आफु पनी १६ बर्ष टेकेकै बेला छोरा राजा सुरेन्द्रको जन्म भएको थियो । राजा सुरेन्द्रले १९०४ मा आफ्नो उमेर १८ बर्षको हुॅदा युबराज त्रैलोक्यबिक्रम शाहलाई जन्म दिएका थिए । दुर्भाग्य युबराज त्रैलेक्य राजा हुन नपाउदै ३० बर्षको उमेरमा धिर सम्सेर जबरा द्वारा बिष पिलाई मारिएको कथन छ । किनकी यिनी राणाहरुको हातमा गएको आफ्नो राजकिय अधिकार फर्काउने कार्यमा कृयाशिल थिए । यद्वपी उनले पनी १९३२ सालमा आफु २८ बर्षको उमेर हुदा राजा पृथ्वीबिरबिक्रम शाहलाई जन्म दिएका थिए भने राजा पृथ्वीबिरबिक्रमले आफु ३१ बर्षको हुदा १९६३ मा राजा त्रिभुवनलाई जन्म दिएका थिए ।
यहाॅ राजा त्रिभुन र राजा महेन्द्रको उमेरको फरक जम्मा १४ बर्षको मात्र छ । १९६३ मा जन्मेका राजा त्रिभुवनले १९७७ सालमा राजा महेन्द्रलाई जन्म दिएका छन् । अचम्मको कुरा १४ बर्षमा बच्चा जन्माउन बाबु-आमाको बिवाहा वा सारिरीक सम्पर्क कम्तिमा १० महिना अगाडी वा १ बर्ष अगाडीनै हुनु पर्दछ । सामान्य हिसाबले हेर्दा पनी राजा त्रिभुवनले १३ बर्षमा बिवाहा र सारिरीक सम्पर्क राखेको अनुमान लगाउन सकीन्छ । उस्तै परे १३ बर्षकी बालीका महिनावारीनै भएकी हुदिनन् भने बाहीरी तथा भित्री यौनांग पनी राम्रो संग बिकास भएका हुदैनन् । तथापी यो कुरा पुरुषमा पनी लागु हुन्छ । यस्तो अबस्थामा सारिरीक सम्पर्क गर्न र पेटमा बच्चा बस्न के कस्ता कुराहरुले आफ्नो प्रकृया पुरा गर्नु पर्ने हुन्छ ? यो कुराको छिनोफानो गर्ने जिम्मा मेरा आम पाठकहरुलाई नै दिन्छु ।
यि भन्दा अगाडीका बाबु-छोरा राजा गीर्बाणयुद्वबिक्रम शाह र राजेन्द्र बिक्रम शाहले पनी आफुहरु १६/१६ बर्ष पुगेपछी गिर्बाणयुद्वबिक्रमले राजा राजेन्द्र र राजा राजेन्द्रले राजा सुरेन्द्रलाई जन्म दिएका छन । साथै राजा सुरेन्द्रले पनी १८ बर्षको उमेरमा युबराज त्रैलेक्यलाई जन्म दिएका थिए । यसो सोचौंत एक पटक तपाॅई हामी पनी १४ देखी १७ र १८ बर्षमा के गर्दै थियौ ? बिवाहा गरेर बच्चा जन्माउनुको त धेरै परको कुरा बिवाहा र सेक्सका बारेमा कुनै ज्ञान नै थिएन । धेरै-थोरै ज्ञान भएपनी यो उमेर निकै लजालु हुन्छ । सरिरका बिभीन्न अंगहरुको तिब्र बिकास त भएको हुन्छ तर बिवाहा गर्ने सेक्स गर्ने बच्चा जन्माउने तर्फ कुनै कल्पनानै हुदैन । अहिले कानुले पनी २० बर्ष भन्दा मुनीको बिवाहा बाल-बिवाहा मान्दछ । कानुनत कार्बाहीमा पर्ने डरले झन यस्तो कुरा सोचिदैन पनी खैर जे होस ।
१४ बर्षे बालक बाट जन्मेका राजा महेन्द्रले भने आफु २५ बर्षको हुदा २००२ सालमा राजा बिरेन्द्रलाई जन्म दिएका हुन, यद्धपी बिरेन्द्र भन्दा अगाडी पनी राजा महेन्द्रले ‘गिता महारानी’ का नामले परिचित ओखलढुंगा तिरकी गुरुंग महिला बाट एक छोरा जन्माई सकेका थिए । त्यस्तै राजा बिरेन्द्रले पनी २६ बर्षको परिपक्व उमेरमा मात्र २०२८ सालमा युबराज दिपेन्द्रलाई जन्म दिएका थिए ।
स्मरण रहोस २०५८ साल जेठ १९ गते राती ९:१५ बजे रहस्यमय तरिकाको दरबार हत्याकाण्डमा राजा बिरेन्द्रको बंश बिनास मात्र भएन, की मरिसकेका दिपेन्द्रलाई छाउनि स्थित सैनिक अस्पतालको भेन्टीलेटरमा राखी २०५८ जेठ १९ गते देखी २१ गते ३ दिन सम्म नेपालका ११औं राजा भनी घोषणा सम्म गरिएको थियो । तत्पस्चात १२ अंकलाई अशुभ अंक मान्ने हाम्रो नेपाली समाजमा १२औं शाह बंशीय राजाका रुपमा युबराज दिपेन्द्रका माहीला काका अर्थात राजा बिरेन्द्रका माहिला भाई राजा ज्ञानेन्द्र शाह उदायका थिए ।
राजा त्रिभुवन २००७ साल कार्तिक २५ गते देखी फाल्गुन ७ गते १०२ दिन अर्थात करिव साढे ३ महिना स-परिवार भारतमा निर्बासित हुॅदा ३ बर्ष ४ महिनाका नाबालक नाति ज्ञानेन्द्रलाई राजा घोषणा गरीएको थियो । राज्यको शक्ति आफ्नो हातमा लिएका अर्थात पारिवारीक शासन सत्ता चलाएका राणाहरुले राजगद्धी खाली राखिनु हुन्न भन्ने मान्यतालाई सिद्व गर्दै २००७ कार्तिक २२ गते देखि २००७ पौष २४ गते सम्म ६२ दिन नाती नाबाक ज्ञानेन्द्रलाई राजगद्धीमा राखेका थिए ।
यसो हेर्दा अत्यन्तै भाग्यशाली र अत्यन्तै अभागी साबित भएका राजा ज्ञानेन्द्र पुन २०५८ जेठ २२ गते सोमबार देखी २०६५ जेठ १५ गते बुधबार सम्म करिब ६ बर्ष ३५९ दिन यो देशको दोस्रो पटक राजा भएका थिए । असाढ २३ गते २००४ मा राजा महेन्द्र तथा रानी ईन्द्रको कोखबाट जन्म लिएका राजा ज्ञानेन्द्रले भने २०२८ सालमा आफु २२ बर्षको हुॅदा युबराज पारसलाई जन्म दिएका थिए । १२औं अशुभ अंकमा परेका यि शाहबंशीय राजा ज्ञानेन्द्रको पाला बाटै नेपालमा राजतन्त्र अन्त्य भएको भनिए पनी बढ्दो राजनैतिक अस्थिरता र दलिय राजनैतिक भागबण्डा तथा तिनका नेताहरुको नालायकी पनले गर्दा नेपाली जनताले कता-कता राजसस्थाको अपरिहार्यतालाई महसुस गर्न थालेका छन । भने कयौं संघ-संस्था खुलेरै राजसंस्था पुन:स्थापना गर्नुपर्छ भनी अहोरात्र लागीपरेका छन ।
हेरौं १३औं तथा १४औं शाहबंशीय राजाहरुको पुन:आगमन कस्तो हुने छ ? र उनका सन्तानको जन्मान्तरका बारेमा पुन यस्तै तिथि-मिति सहितको लेख लेख्न यो लेखकको सौभाग्य छ की छैन ।