fbpx

काठमाडौं  | प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि गएका छन् ।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज (मंगलबार) उनी थाइल्याण्ड गएका हुन् । थाइल्याण्ड भ्रमणमा दुइवटा समझदारी पत्रमा हस्ताक्षर हुने तयारी छ ।

प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन पनि बैंकक गएका हुन् ।

साथै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् ।