fbpx

विज्ञानको परिचय

१) विज्ञानको आवश्यकता

संसार अनन्त छ । यो मात्रात्मक र गुणात्मक दुवै दृष्टिकोणबाट अनन्तछ । यहाँ अतिसूक्ष्म वस्तुहरुदेखि अतिविशाल वस्तुहरुसम्म छन् । समान प्रकारका वस्तुहरुदेखि अत्यन्तै भिन्न प्रकारका वस्तुहरुसम्म छन् । त्यसैगरी निरन्तर परिवर्तनशील वस्तुहरुदेखि अपरिवर्तनशील वस्तुहरुसम्म छन् । निर्जीव वस्तुहरुदेखि सजीव वस्तुहरुसम्म छन् ।

जब हामी संसारमा हेर्दछौं, त्यहाँ हामीले विश्रृंखलता, विविधता, परिवर्तनशीलता र अनियमितताको बाहुल्यता पाउँदछौं । सर्वत्र अव्यवस्था, अनिश्चितता, अस्थिरता, आकस्मिकता र अनियमितताको राज देखिन्छ । कुनै पनि वस्तुहरुमा अथवा घटनाहरुमा समानता, स्थिरता र शाश्वतता पाइँदैन । सम्पूर्ण वस्तुहरु र घटनाहरु अलग–अलग, स्वतन्त्र र असम्बन्धित देखिन्छन् ।

यो संसारका सवै वस्तुहरु निरन्तर परिवर्तनको अवस्थामा छन् । कुनै पनि वस्तु नित्य छैन । जीवित वस्तुहरु जन्मिन्छन्, वयस्क हुन्छन् र मर्दछन् । बोट–बिरुवाहरु जमिनबाट उम्रिन्छन्, फुल्छन्, फल्छन् र मर्दछन् । नदीहरु निरन्तर गतिमा छन् र विशाल पहाडहरु पनि विखण्डित हुन्छन् । पृथ्वी स्वयं पनि बदलिन्छ । वर्षहरुपछि, शताब्दीहरुपछि अझ बढी गम्भीर र दूरगामी परिवर्तनहरु हुन्छन् । मानिसहरु तथा परिवारहरु परिवर्तित हुन्छन्, राष्ट्रहरु परिवर्तित हुन्छन्, महादेशहरु विलीन हुन्छन् र नयाँ पहाडहरु उठ्छन्, जहाँ कुनै बेला नदीहरु थिए । यो ब्रह्माण्डै पनि परिवर्तित हुन्छ । करोडौं वर्षहरुमा तारापुञ्जहरु उत्पन्न हुन्छन् र नष्ट हुन्छन् । कृष्ण–विवरहरुले लाखौं सूर्यहरुलाई निल्दछन् र तिनीहरुका पदार्थहरुलाई हामीले जान्न नसक्ने वस्तुमा बदल्छन् ।

यसप्रकार प्रकृति (संसार) रहस्यमय, मायामय र अज्ञेय देखिन्छ । त्यसकारण संसार प्रायःमानिसहरुलाई एउटा भ्रमजालजस्तो, सांयोगिक वस्तुहरु र घटनाहरुको जटिल गुत्थीजस्तो प्रतीत हुन्छ, जसको बीचमा मानिसहरुलाई मरुभूमिमा हराएजस्तो लाग्दछ ।

यद्यपि प्रकृतिका अधिकांश वस्तुहरु र कार्यहरु प्रत्यक्ष रुपमा अनियमित तथा विश्रृंखल देखिन्छन्, तर नजिकबाट अध्ययन गर्दा तिनीहरु क्रमबद्ध र सुव्यवस्थित हुन्छन् । अनेक प्राकृतिक वस्तुहरु र घटनाहरु एक–अर्कोबाट अलग–अलगप्रतीत हुन्छन्, तर वास्तवमा तिनीहरु सवै एक–अर्कोसँग सम्बन्धित हुन्छन् । प्रकृतिका व्यापक क्षेत्रहरुमध्ये विज्ञानले जुन–जुन क्षेत्रहरुको अध्ययन गरेको छ, तिनीहरुमा नियम, व्यवस्था, संगति, विधि, प्रणाली, नियमितता र सामञ्जस्यताको प्रधानता पाइएको छ । त्यसैगरी जुनचीज स्थूलस्तरमा केवल विश्रृंखल मात्र देखिन्छ, त्यही चीज सूक्ष्मस्तरमा अत्यन्तै उच्चरुपले व्यवस्थित हुन्छ । अनन्त संसारमा केही सीमित आधारभूत तत्वहरु छन्, परिवर्तनशील प्रकृतिमा केही शाश्वत (नित्य) वस्तुहरु छन् र अव्यवस्थित तथा अनियमित प्रकृति भित्र व्यवस्था र नियमितता छ । त्यसकारण यो संसारलाई जान्न सकिन्छ ।

तर प्रकृतिभित्र रहेका सार्वभौमिक आधारभूत तत्वहरु, शाश्वत वस्तुहरु, सामान्य नियमहरु र व्यवस्थाहरु प्रत्यक्ष ज्ञानका विषय हुँदैनन् । ब्रह्माण्डका (संसारका) आधारभूत विशेषताहरु इन्द्रियगत अनुभव अथवा सामान्य चेतनाको लागि प्रत्यक्ष रुपमा (सीधै) प्राप्त हुँदैनन् ।

यो संसारका आन्तरिक कार्यविधिहरु अध्ययन, अनुसन्धान र चिन्तनबाट मात्र उद्घाटित हुन्छन् । त्यसकारण प्रकृतिका नियमहरु, व्यवस्था, क्रम, संगति, सम्बन्ध र कारणहरुको खोज गर्नको लागि विज्ञानको आवश्यकता पर्दछ । यदि हामी यो संसारको (प्रकृतिको) तार्किक बोध प्राप्त गर्न चाहन्छौं भने, प्रकृतिमा कार्यरत आधारभूत प्रक्रियाहरुको ज्ञान प्राप्त गर्न चाहन्छौं भने र यदि हामी प्रकृतिका घटनाहरुलाई अर्थहीन तथा आकस्मिकचीजको रुपमा बुभ्mन चाहँदैनौं भने, हामीले विज्ञानको सहायता लिनुपर्दछ । जस्तो कि कार्ल माक्र्सले भनेका थिए– “यदि रुप र सार एउटै भएको भए, विज्ञानको कुनै आवश्यकता पर्नेथिएन ।”(कार्ल माक्र्स, पूँजी, खण्ड ३, पृष्ठ )

२) विज्ञानको कार्य

विज्ञानको कार्य बाहिरी रुपलाई छोड्नु र भित्री सारमा जानु, वस्तुलाई (चीजलाई) त्यसका संघटकहरुमा विश्लेषण गर्नु हो ।यसले प्रकृतिको एउटा व्यवस्थित प्रणालीको चित्र प्रदानगर्दछ । यसले हामीलाई त्यो चीजको एउटा बोधगम्य चित्र अथवा प्रारुप प्रदान गर्दछ, जसलाई हामी आप्mना इन्द्रियहरुद्वारा साक्षात्कार गर्दछौं । त्यसकारण विज्ञानलाई प्रकृतिको अन्तर्निहित संरचनाहरुको वर्णन र व्याख्याको रुपमा हेर्न सकिन्छ । यसलाई त्यो व्यवस्थाको एउटा तार्किक, सुसंगत वर्णनको रुपमा हेर्न सकिन्छ, जुनप्रकृतिमा पाइन्छ ।

विज्ञानको अर्कोकार्य भौतिक जगतका नियमहरुको खोज (आविष्कार) गर्नु हो । यसको प्रमुख विशिष्ट लक्षण नियमहरुको माध्यमबाट प्रकृतिका घटनाहरुलाई बुभ्mने प्रयत्न गर्नु हो । विज्ञानले के देखाउँछ भने वस्तुहरु र घटनाहरु नियमानुशासित छन् र प्रकृतिले सामान्य नियमको माध्यमबाट कामगर्दछ ।
कुनै पनि वस्तुको मूर्त स्वरुप त्यसका विभिन्न पक्षहरु अन्तर्सम्बन्धहरुको समुच्चयबाट बनेको हुन्छ, जुन त्यसमा अन्तर्निहित नियमहरुद्वारा निर्धारित हुन्छन् । विज्ञानको कार्य ती नियमहरुको उद्घाटन गर्नु र यथासम्भव मूर्त वास्तविकताको नजिक पुग्नु हो । विज्ञान निरन्तर रुपमा, एकपछि अर्को कदम चाल्दै, बढीभन्दा बढी गहिरा र सटीक नियमहरुको खोज गर्नतिर अग्रसर हुन्छ, जसले हामीलाई प्रकृतिका प्रक्रियाहरुको अझ गहिरो ज्ञान प्राप्त गर्न र अझ विशुद्ध भविष्यवाणी गर्न सक्षम बनाउँदछ ।

प्रकृतिमा प्रत्यक्ष देखिने अव्यवस्थामा एउटा व्यवस्था अन्तर्निहित हुन्छ । विज्ञान यस्तै व्यवस्थाको, अथवा अन्र्तनिहित नियमको खोज हो, जसबाट समुच्च विज्ञानको इतिहासको आधार बनेको छ । विज्ञान ती सामान्य नियमहरुको खोजमा आधारित छ, जसले प्रकृतिका कार्यहरुको व्याख्या गर्न सक्दछन् । अनुभवलाई आप्mनो प्रस्थानबिन्दु बनाउँदै विज्ञानले आपूmलाई तथ्यहरुको संग्रहमा मात्र सीमित राख्दैन, बरु विशेषबाट सामान्यतिर गएर ती तथ्यहरुलाई सामान्यीकरण गर्ने प्रयत्न गर्दछ ।

त्यसैगरी विज्ञानको अर्को कार्य विविधताको बीचमा एकताको खोज हो । सह–सम्बन्ध नै विज्ञान हो । यो एउटा तथ्यसँग अर्को तथ्यको बीचमा, एउटा कार्य र त्यसको कारणको बीचमा र एक–अर्कोसँग असम्बन्धित देखिने दुई घटनाहरुको बीचमा स्थायी सम्बन्धको खोज हो ।

सारांशमा विज्ञानको कार्य प्रकृतिका ती मूलभूत नियमहरु, सिद्धान्तहरु र तत्वहरुको अन्वेषण गर्नु हो, जसबाट अव्यवस्थि तप्रकृतिलाई व्यवस्था प्राप्त हुन्छ ।
विज्ञानको प्रमुख कार्य वस्तुहरु र घटनाहरुका प्रकृति र नियमको खोज हो, जसबाट हामी तिनीहरुलाई जान्न र व्याख्या गर्न सक्दछौं ।
प्रसिद्ध विज्ञानका लेखक विलियम ह्वेवेलको शब्दमा ‘विज्ञानको वास्तविक कार्य घटनाहरुका कारणहरु र साथसाथै नियमहरुको खोज गर्नु हो ।’ (William Whewell, Philosophy of Inductive Science, Vol. I, Chap. I, p. 45.)

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञानको कार्यलाई यसरी सूत्रबद्ध गरेका छन्– ‘विज्ञानको सर्वोच्च कार्य ती सार्वभौमिक नियमहरुमा पुग्नु हो, जसबाट यो ब्रह्माण्डको निर्माण विशुद्ध तर्कद्वारा गर्न सकिन्छ ।’२ (Albert Einstein, Principles of Research.)

३) विज्ञानको लक्ष्य

विज्ञानको प्रमुख लक्ष्य प्रकृतिका विविधतापूर्ण, अलग–अलग तथ्यहरुलाई एउटा तार्किक प्रणालीमा ल्याउनु हो ।

बीसौं शताब्दीका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार विज्ञानको लक्ष्य निम्नानुसार छ–

‘सम्पूर्ण विज्ञानको लक्ष्य, भौतिकविज्ञान होस् वा वामनोविज्ञान, हाम्रा अनुभवहरुलाई संयोजन गर्नु र तिनीहरुलाई एउटा तार्किक प्रणालीमा ल्याउनु हो ।’१(१.ब्दिभचत भ्ष्लकतभष्ल, ःभबलष्लन या च्भबितष्खष्तथ, ज्ञढद्दद्द, क्उबअभ बलम त्ष्mभ ष्ल एचभ(चभबितष्खष्तथ एजथकष्अक, उ। ज्ञ।)
‘विज्ञानको महान लक्ष्य सर्वाधिक अनुभवजन्य तथ्यहरुलाई तार्किक निगमनद्वारा न्युनतम धारणाहरुमा, अथवा स्वयंसिद्ध तथ्यहरुमा समाविष्ट गर्नु हो ।’२ (Albert Einstein, Principles of Research.)

बेलायतका प्रसिद्ध वैज्ञानिक स्टीफेन हकिङले यसरी सूत्रबद्ध गरेका छन्–

‘विज्ञानको सर्वोच्च लक्ष्य एउटा सिंगो सिद्धान्त प्रदान गर्नु हो, जसले सम्पूर्ण ब्रह्माण्डको व्याख्यागर्दछ ।’३ (Albert Einstein, Meaning of Relativity, 1922, Space and Time in Pre-relativity Physics, p. 1.)